फिफा विश्वकपका केही रोचक कुरा


– शनिवार अमेरिकाले पाराग्वेलाई नै ३–० ले हराएपछि विश्वकपमा १९३० पछि पहिलो ठूलो जितको नतिजा आत्मसात गरेको छ ।
– मेक्सिकोको ऐतिहासिक ‘एस्टाडियो अज्टेका’ रंगशालाले नयाँ कीर्तिमान बनाएको छ । यो तीन फरक विश्वकप संस्करणहरू (१९७०, १९८६ र २०२६) मा खेलहरू आयोजना गर्ने विश्वकै पहिलो रंगशाला बनेको छ ।

– फिफाले प्रतियोगिताका खेलस्थलहरूमा व्यापारिक वा कर्पोरेट नामहरू राख्न कडा प्रतिबन्ध लगाइएपछि ‘सोफाइ स्टेडियम’ र ‘एटी एन्ड टी स्टेडियम’ जस्ता प्रसिद्ध रंगशालाहरूलाई प्रतियोगिताभरि अस्थायी रूपमा तटस्थ नाम (जस्तैः लस एन्जलस स्टेडियम र डलास स्टेडियम) दिइएको छ ।

– जारी प्रतियोगितामा ४० वर्ष कटिसकेका कयौँ अनुभवी सुपरस्टारहरू सहभागी छन् । जसमा आफ्नो छैटौँ विश्वकप खेलिरहेका ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो र ४० वर्षीय लुका मोड्रिच हिट लिस्टमा छन् ।
– १७ वर्षीय मेक्सिकोका गिल्बर्टो मोरा जारी विश्वकपको टोलीमा स्थान बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।