फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को दोस्रो खेलमा फिलाडेल्फिया स्टेडियममा एउटा कडा प्रतिस्पर्धात्मक भिडन्त हुँदैछ । जहाँ सन् २०१४ पछि पहिलो पटक विश्वकपमा पुनरागमन गरेको अपÞ्रmीकी राष्ट्र आइभोरी कोस्ट र दक्षिण अमेरिकी पावरहाउस इक्वेडर आमनेसामने हुँदैछन् ।
जर्मनी र कुराकाओ समेत रहेको यस समूहमा नकआउट चरणको बलियो सम्भावना बोकेका यी दुवै टोलीका लागि सुखद सुरुआत गर्नु निकै महत्वपूर्ण छ । मुख्य प्रशिक्षक इमर्स फाए को नेतृत्वमा भर्खरै अभ्यास खेलमा फ्रान्स जस्तो बलियो टोलीलाई २–१ ले हराएर उच्च मनोबलका साथ मैदान उत्रन लागेको आइभोरी कोस्ट (द एलिफेन्ट्स) का लागि लिभरपुलको नजरमा रहेका यान डियोमान्डे र अमाद डियालो जस्ता खेलाडीहरूको विंग्स आक्रमण मुख्य हतियार हुनेछ । यद्यपि टोलीका प्रमुख डिफेन्डर इभान एनडिका चोटका कारण मैदान बाहिर रहनु उनीहरूका लागि टाउको दुखाइ बनेको छ ।
अर्कोतर्फ, ब्राजिलसँग पराजित भएयता विगत दुई वर्षदेखि १९ खेलको अपराजित यात्रा कायम राखेको र छनोट चरणमा अर्जेन्टिना जस्तो टोलीलाई टक्कर दिँदै दोस्रो स्थानमा रहेर विश्वकप यात्रा तय गरेको इक्वेडर यो प्रतियोगिताको ‘डार्क हर्स’ का रूपमा हेरिएको छ ।
चेल्सीका स्टार मिडफिल्डर मोइसेस काइसेडो र पिएसजीका विलियन पाछो जस्ता विश्वस्तरीय खेलाडीहरू सम्मिलित बलियो रक्षापङ्क्ति र युवा जोशले भरिएको इक्वेडरका लागि कप्तान एनेर भ्यालेन्सियाको चोटको शंका भने केही चिन्ताको विषय बनेको छ । यी टोली इतिहासमा पहिलो पटक आमनेसामने हुन लागेका हो । सम्भावित ४–४–२ को अफ्रिकी गति र ३–४–१–२ को दक्षिण अमेरिकी रणनीतिको भिडन्त एउटा उत्कृष्ट फुटबल म्याच बन्ने निश्चित छ ।
डच अरेन्जको परीक्षा लिँदै ब्लू सामूराई
(नेदरल्याण्ड्स विरुद्ध जापान, खेल : आइतबार राति : १ः४५ बजे)
समूह ‘एफ’ अन्तर्गतको खेलमा तीनपटक विश्वकप फाइनल खेलिसकेको ‘अरेन्ज डच’ कहलिने नेदरल्याण्ड्सको सामना ‘ब्लू सामूराई’ अर्थात एसियाली फुटबलको उत्कृष्ट टोली जापानसँग हुनेछ । दुबै टोलीले जितबाटै प्रतियोगितामा सुरुआत गर्ने लक्ष्य हुने भएको हुँदा यो खेल कडा प्रतिस्पर्धात्मक हुने अनुमान लगाइएको छ ।
यूरो २०२४ मा सेमिफाइनल तथा गत विश्वकप र नेसन्स कपमा क्वार्टरफाइनलसम्म पुगेको हुँदा नेदरल्याण्ड्स उत्कृष्ट लयमा रहेको पुष्टि गर्छ । यो लयमा निरन्तरता दिन सकेमा डच टोलीका लागि पहिलो खेलमा जित हासिल गर्न त्यति गाह«ो हुन नसक्ला । उता जापानको प्रदर्शन पनि त्यति कम छैन । टोलीसँग ब्राजिल र इंग्ल्यान्डलाई हराएको अनुभव छ ।
यसले के देखाउँछ भने जापानसँग युरोपियन होस् या साउथ अमेरिकन होस् उनीहरूलाई हराउन सामथ्र्य त्यति नै छ । त्यसैगरी एएफसी क्वालिफाइंगमा पनि सबैभन्दा बढी गोल जापानले ५४ गोल गरेको छ । उनीहरूले केवल तीन खेलमा गोल बेहोरेको थियो । यस्तै गत विश्वकप कतारमा जापानले जर्मनी र स्पेनलाई हराएको थियो । यसले पनि जापानी टोलीले नेदरल्याण्ड्सविरुद्ध जित हात पार्न सक्ने क्षमता रहेको देखाउँछ ।











प्रतिक्रिया