सहआयोजक अमेरिकाको सानदार जितबाट सुरुआत


वासिंटन, (एजेन्सी) ।

बेल्जियम र पोर्चुगल तथा जर्मनीसँग अभ्यास खेलमा पराजित भएको अमेरिकाले सानदार जितबाट विश्वकप २०२६ को सुरुआत गरेको छ ।

सहआयोजक अमेरिकाले नेपाली समयअनुसार शनिबार बिहान भएको खेलमा पाराग्वेमाथि ४–१ को सानदार जित निकालेको हो । यो जितको साक्षी हलिउडका प्रतिष्ठित कलाकारहरू टम क्रुज र लियोनार्दाो डिकाप्रिओ तथा फुटबल लेजेन्ड डेभिड बेकहामका साथै लस एन्जेलसको स्टेडियममा उपस्थित करिब ७० हजार दर्शक साक्षी बनेका थिए । यो जितससँगैं अमेरिकाले समूह डी मा महत्वपूर्ण तीन अंक पनि जोड्यो ।

यसले अमेरिकालाई अन्तिम ३२ मा पु¥याउने संभावना पनि बलियो बनाएको छ । यस समूहमा अरू दुई टोलीमा टर्की र अस्टे«लिया रहेका छन् ।

पहिलो हाफमै तीन गोल गरेर अमेरिकाले दक्षिण अमेरिकी टोली पाराग्वेलाई पूरै दबाबमा राखेको थियो । डेमियन बोबाडिलाको आत्मघाती गोलबाट अमेरिकाले खेलको सातौं मिनेटमा १–० को अग्रता बनायो । यो गोलपछि अमेरिकाको दबाब खेलमा प्रस्ट देखिएको थियो । अमेरिकाले निरन्तर एट्याकिङ मुभ बनाइरहेको थियो । यसै क्रममा आर्सनलका पूर्व खेलाडी फोलारिन बालोगनले दुई गोल थपेर पाराग्वेलाई पूरै निरास पारिदिएका थिए ।
बालोगनले ३१ औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

उनको पहिलो हाफको एक गोल अफसाइड घोषित भएको थियो । दोस्रो हाफमा भने पाराग्वेले केही एट्याकिङ मुभ बनाएर घरेलु टोली अमेरिकामाथि केही दबाब बनाएको थियो । उनीहरूले यसकै फल ७३ औं मिनेटमा पायो पनि । पाराग्वेका लागि ब्राजिलमा जन्मेका माउरिसियोले गोल गरेका थिए । तर, यसपछि थप गोल गर्न नसक्दा पाराग्वेको लागि यो गोलको कुनै अर्थ रहेन । बरु अमेरिकाका लागि खेल सकिन लाग्दा जियोभानी रेनाले थप गोल गरेर अमेरिकाको ४–१ को जित सुनिश्चित गरिदिए ।