काठमाडौं, (नेस) ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ। अधिवेशनले मोहनकुमार डाँगीलाई अध्यक्षमा निर्वाचित गरेको हो।
संस्थाको वरिष्ठ उपाध्यक्षमा उत्तम ब्लोन लामा निर्वाचित भएका छन्। उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्वाचित भएका छन्।
त्यस्तै महासचिवमा टेकनाथ आचार्य (टीएन आचार्य) र उपमहासचिवमा कविता पोख्रेल निर्वाचित भएका छन्। सचिव पदमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई तथा सुमनकुमारी जोशी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा शंकर बस्याल चयन भएका छन् ।
त्यसैगरी, कार्यसमितिका सदस्यहरूमा अनुप आचार्य, कदम केसी, जगदीश शिवाकोटी, जगतबहादुर पोखरेल, ज्योति गैरे, नारायण कंडेल, प्रतिमा ज्ञवाली, मिलन खड्का, संगीता धमला र वर्णन लामिछाने निर्वाचित भएका छन्।
इप्पानको विधानअनुसार २७ सदस्यीय कार्यसमितिमा बाँकी सदस्यहरू भने मनोनयनमार्फत चयन गरिने जनाइएको छ।











प्रतिक्रिया