काठमाडौं ।
कैलालीको गोदावरी नगरपालिका–४ बासपानीमा वन अतिक्रमण हटाउने क्रममा डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले सडक छेउमा खुद्रा पसलका रूपमा प्रयोग हुँदै आएको टेम्पो भिरबाट खसालेका छन्। उक्त घटना सामाजिक सञ्जालमा भिडियोसहित भाइरल बनेपछि आलोचना भइरहेको छ।
स्थानीय धनादेवी धामीले सो टेम्पोबाट सामान बेचेर जीविका चलाउँदै आएकी थिइन्। उनका अनुसार कर्मचारीले पहिले सामान झारेर टेम्पो घर लैजान भनिए पनि नमानी भिरमा फालिएको हो।
यता डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले पटक–पटक हटाउन आग्रह गर्दा पनि अटेर गरिएको र हटाउने क्रममा विवाद हुँदा आवेशमा यस्तो घटना भएको दाबी गरेका छन्। कार्यालयले हालसम्म राजमार्ग क्षेत्रमा अतिक्रमण गरी बनाइएका ४७ संरचना हटाइसकेको जनाएको छ।











प्रतिक्रिया