लुम्बिनी प्रदेश प्रहरीद्वारा नेपालमै पहिलो सुरक्षाका लागि ह्याकाथन कार्यक्रम गदै 

0
Shares

बुटवल। 

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले नेपालमै पहिलो यही जेठ ३० गतेदेखि असार १ गतेसम्म तीनदिने विशेष कार्यक्रम सञ्चालन गने भएको छ । यसअन्तर्गत बुटवलस्थित प्रहरी तालिम केन्द्रमा “सुरक्षाका लागि ह्याकाथन”, लुम्बिनीमा “शान्ति पदयात्रा” तथा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा “सामुदायिक जनचेतना कार्यक्रम” आयोजना गएिको लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डिआइजी) भुपेन्द्रबहादुर खत्रीले बताउनु भयो । 

फरक प्रकृति र क्षेत्रका सहभागीहरूलाई लक्षित गरी यी कार्यक्रम तय गरिएका हो । प्रहरी तालिम केन्द्रमा हुने ह्याकाथन मार्फत प्रविधिमा रुचि राख्ने युवा, विद्यार्थी, डेभलपर, इन्जिनियर तथा नवप्रवर्तनकर्ताहरूलाई समेटिने प्रदेश प्रहरी प्रमुख खत्रीले बताउनु भयो। परम्परागत उपायले मात्र आधुनिक सुरक्षा चुनौतीको सामना गर्न नसकिने भन्दै प्रहरीले युवाहरूलाई प्रविधिका माध्यमबाट सार्वजनिक सुरक्षा, साइबर अपराध नियन्त्रण, अनुसन्धान सहयोग र प्रहरी सेवामा योगदान दिन आह्वान गरेको छ। 

यो केवल प्रतियोगिता मात्र नभई सार्वजनिक सुरक्षाका वास्तविक समस्याहरू समाधान गर्ने प्रयास भएको प्रहरीको भनाइ छ ।

त्यसैगरी, बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने शान्ति पदयात्रा मार्फत शान्ति, सहिष्णुता, सामाजिक सद्भाव र सामूहिक जिम्मेवारीको सन्देश प्रवाह गरिनेछ। बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सामुदायीक सचेतना  कार्यक्रम अन्तर्गत युवा पुस्ता, विद्यार्थी, अभिभावक र आम नागरिकसँग प्रत्यक्ष संवाद गरिनेछ। उक्त कार्यक्रममा बढ्दो साइबर अपराध, लागूऔषध दुव्र्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण र डिजिटल सुरक्षा जस्ता समसामयिक विषयमा सचेतना जगाउने प्रयास गरिनेछ। समाजका विभिन्न वर्गलाई एउटै स्थानमा ल्याएर संवाद, सिकाइ र सहकार्यको वातावरण निर्माण गर्ने प्रहरीको योजना छ। 

प्रदेश प्रहरी प्रमुख खत्रीका अनुसार अनुसार यी तीनवटै कार्यक्रमहरू प्रकृति र स्थानका हिसाबले फरक देखिए पनि यिनको साझा उद्देश्य सुरक्षित, सचेत, जिम्मेवार र प्रविधिमैत्री समाजको निर्माण गर्नु रहेको छ।