देशका विभिन्न स्थानमा वर्षाको सम्भावना


काठमाडौँ ।

नेपालमा हाल पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ। यसका कारण गण्डकी, लुम्बिनी, कर्णालीसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती लगायत हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र बागमतीका तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने जनाइएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहने तथा केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।