सुनका गरगहना र नगद चोरी गर्ने ३ जना पक्राउ

0
Shares

उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं १० करमगाछीबाट बुधबार साँझ एक घरमा कोही नभएको मौका पारेर सुनचाँदीका गहना र नगद सहित चोरी भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार बुधबार बेलुका ६ः३० बजे जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं. १० करमगाछी बस्ने अनिल खड्काको घरबाट कोही नभएको अवस्थामा नगद रु १,००,०००।– (एक लाख) र कुल ६ तोला १४.५ आना सुनका गरगहनाहरू चोरी भएको हो ।

चोरी भएको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा उक्त घरको तल्लो तलामा डेरा गरी बस्ने वर्ष २३ की सुस्मिता थापा कटुवाल र नजिकै डेरा गरी बस्ने वर्ष २८ की मिना वि.क. माथि शंका लागि निजहरुको कोठा खानतलासी गर्दा प्रतिवादी सुस्मिता थापा कटुवालको कोठाबाट नगद रु. १,००,०००।– र सुनका गहनाहरू (नौगेडी, मंगलसूत्र, चन्द्रमा, औंठी, पञ्चरत्न बाला र सिक्री थान(१र१) तथा चोरीको पैसाबाट किनेको क्ष्ल्ँक्ष्ल्क्ष्ह् मोबाइल थान १ र मिना वि.क.को डेरा छेउको आँपको रुखको फेदबाट नगद रु ६३,०००।–, ख्क्ष्ख्इ मोबाइल, चार्जर र इयरपड फेला पारी बरामद गरि निजहरुलाई पक्राउ गरिएको छ ।

चोरीका बाँकी गरगहनाहरू अवैध रुपमा खरिद गर्ने गाईघाट बजार स्थित बराह ज्वेलर्सका सञ्चालक वर्ष ३९ की यशोदा वि.क. लाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाउको छ । नगद तथा गहना चोरीमा सलग्न हुनेहरुको घर ठेगाना भने प्रहरीले खुलाएको छैन ।