भीमफेदी दुर्घटनामा फास्ट ट्र्याकका इन्जिनियरसहित दुईको मृत्यु


काठमाडौं । 

मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा पिकअप जीप दुर्घटना हुँदा निजगढ–काठमाडौं द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनामा कार्यरत इन्जिनियर सूर्य यादव र चालक बोधराज बुढाथोकीको मृत्यु भएको छ।

दक्षिणकालीबाट माण्डु हाइड्रोपावर क्षेत्र हुँदै इपातर्फ जाँदै गरेको पिकअप गए राति अनियन्त्रित भई करिब १०० फिट तल खसेको थियो। नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरी दुवै जनालाई हेटौँडा अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।