समूह जे अर्जेन्टिनाको लागि सहज समूह

0
Shares

अर्जेन्टिना

गत वर्ल्डकपमा फ्रान्सलाई हराएर वर्ल्ड च्याम्पियन बनेको अर्जेन्टिना सहज समूहमा परेको छ । लियोनेल मेसी फेरिएकपटक खेल्दैछन् । मेसीको नेतृत्वमा रहेको अर्जेन्टिनाले समुहमा खासै मेहनत गर्नु पर्ने देखिँदैन । समूहमा अल्जेरिया, अस्ट्रिया र जोर्डन जस्ता टिमहरू रहेका छन् । यी टिमहरूले अर्जेन्टिनालाई हराउन वा अंक जोड्ने हो भने धेरै नै मेहनत गर्नुपर्ने हुन्छ ।

वर्ल्डकप यात्राः

समुह चरणः १९५८, १९६२, १९८२, २००२

अन्तिम १६ः १९९४, २०१८

क्वार्टरफाइनलः १९६६, १९७४, १९९८, २००६, २०१०

उपविजेता ः १९३०, १९९०, २०१४

च्याम्पियनः १९७८, १९८६, २०२२

अस्ट्रिया

अस्ट्रिया झण्डै २८ वर्षपछि वल्र्डकपमा खेल्दैछ । पछिल्लोपटक फ्रान्समा आयोजित १९९८ को वल्र्डकपमा खेलेको अस्ट्रियाले यसपछि ६ वटा वल्र्डकपमा छनोट हुन सकेको थिएन । १९९८ को वल्र्डकपमा अस्ट्रियाको यात्रा समुह चरणसम्म मात्रै रहेको थियो । त्यसो त विगतमा अस्ट्रियाले तेस्रो स्थानसम्म पनि हासिल गरेको थियो । १९५४ को वल्र्डकपमा अस्ट्रिया तेस्रो भएको थियो ।

वल्र्डकप यात्रा ः

समुह चरणः १९५८, १९८२, १९९०, १९९८

क्वार्टरफाइनलः १९७८

चौथो स्थानः१९३४

तेस्रो स्थानः १९५४

अल्जेरिया

अल्जेरिया २०१४ पछि वल्र्डकपमा खेल्दैछ । अल्जेरियाको यही एउटा वल्र्डकपमा राम्रो प्रदर्शन भएको थियो । जबकी यसअघिका तीनै वल्र्डकपमा अल्जेरिया समुह चरणबाटै बाहिरिएको थियो । तर, २०१४ मा राम्रो प्रदर्शन गरेपनि यसपछिका दुई वल्र्डकपमा भने टिम छनोट हुन सकेन । अहिले समुहमा अर्जेन्टिना र अस्ट्रिया नै टिमको लागि कठिन प्रतिद्वन्द्वी हुनेछ । यी टिमहरूसँग अंक जोड्न सकेमा मात्रै अल्जेरियाको नकआउट चरणको यात्रा तय हुन सक्नेछ ।
वल्र्डकप यात्राः

समुह चरणः १९८२, १९८६, २०१०

अन्तिम १६ : २०१४

जोर्डन
एसियन राष्ट्र जोर्डन पहिलोपटक वल्र्डकपमा खेल्दैछ । पहिलो सहभागिता भएको हुँदा जोर्डनको लागि नतिजाको कुनै महत्व हुने छैन । सहभागिता नै ठूलो उपलब्धि भएको टिमका मेनेजरले पहिले नै बताइसकेको छन् । तर पनि टिमले वल्र्डकप जस्तो स्टेजमा राम्रै प्रदर्शन गर्ने प्रतिबद्धता भने जनाएको छ ।

समूह जे

देश खेल जित हार बराबर गोलअन्तर अंक
अर्जेन्टिना ० ० ० ० ० ०
अल्जेरिया ० ० ० ० ० ०
अस्ट्रिया ० ० ० ० ० ०
जोर्डन ० ० ० ० ० ०

असार ३ गते बिहान ६ः४५ बजे अर्जेन्टिना– अल्जेरिया (एरोहेड स्टेडियम)

असार ३ गते बिहान ९ः४५ बजे अस्ट्रिया – जोर्डन (लिभाइज स्टेडियम)

असार ८ गते राति १०ः४५ बजे अर्जेन्टिना – अस्ट्रिया (एटिएन्डटी स्टेडियम)

असार ९ गते बिहान ८ः४५ बजे जोर्डन – अल्जेरिया (लिभाइज स्टेडियम)

असार १४ गते बिहान ७ः४५ बजे अल्जेरिया – अस्ट्रिया (एरोहेड स्टेडियम)

असार १४ गते बिहान ७ः४५ बजे जोर्डन – अर्जेन्टिना (एटिएन्डटी स्टेडियम)