काठमाडौं। विश्व फुटबल महासंग्राम फिफा विश्वकपले फेरि एकपटक विश्व खेल इतिहासमै अभूतपूर्व आर्थिक र दर्शक संख्याको रेकर्ड बनाएको छ। अन्तर्राष्ट्रिय खेल विश्लेषण अनुसार पछिल्लो विश्वकपलाई करिब ६ अर्बभन्दा बढी दर्शकले प्रत्यक्ष वा डिजिटल माध्यमबाट हेर्ने भएका छन । यससँगै प्रतियोगिता विश्वकै सबैभन्दा धेरै हेरिने खेल प्रतियोगिता बन्ने भएको छ।
प्रतियोगिताबाट करिब ११ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गर्ने प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ। यस आम्दानीमा प्रसारण अधिकार, स्पोन्सरशिप, टिकट बिक्री तथा डिजिटल स्ट्रिमिङ प्रमुख स्रोत रहेको बताइएको छ। टिकटको मूल्य उच्च मागका कारण केही खेलहरूमा १० हजार अमेरिकी डलरसम्म पुगेको रिपोर्ट सार्वजनिक भएको छ। विशेष गरी सेमिफाइनल र फाइनल खेलका टिकटहरू अत्यधिक महँगो मूल्यमा बिक्री भएका छन ।
विजेता टोलीलाई ५० मिलियन अमेरिकी डलर पुरस्कार प्रदान गरिने भएको छ । , जुन हालसम्मकै उच्च पुरस्कार राशिमध्ये एक मानिएको छ। विश्लेषकहरूका अनुसार विश्वकप केवल खेल प्रतियोगिता मात्र नभई अब एक विशाल आर्थिक उद्योगमा रूपान्तरण भइसकेको छ, जसले खेल, व्यापार र प्रविधिलाई एकैसाथ जोडेको छ। फिफा विश्वकपको यो संस्करणले दर्शक संख्यादेखि आम्दानीसम्मका सबै क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दै खेलकुद इतिहासमा नयाँ अध्याय थपेको छ।











प्रतिक्रिया