काठमाडौं ।
सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।
सिंगा ओभल ग्राउन्डमा आइतबार भएको खेलमा ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि लोकेश बम ४४ रनमा अविजित रहे भने रोहित पौडेलले अविजित २१ रन जोडे।
यसअघि टस जितेर ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रनमै अलआउट भएको थियो। नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे।
नेपालले अब फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।











प्रतिक्रिया