मानसिक स्वास्थ्य उपचार तालिम


ललितपुर ।

नेपाल रेडक्रस सोसाइटी सैंबु उपशाखाको आयोजनामा तीनदिने मनोवैज्ञानिक प्राथमिक उपचार प्रविधि तालिम सञ्चालन भएको छ । ललितपुर महानगरपालिका वडा नं १८ अन्तर्गत वडा कार्यालयका स्वास्थ्य स्वयंसेवक, निजी र सामुदायीक विद्यालयका शिक्षक, टिएचपी स्वयंसेवक र रेडक्रसका स्वयंसेवक हरुको सहभागिता रहेको छ । तालिमको वडा कार्यालयले आर्थिक सहयोग गरेको छ ।


प्रशिक्षणमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, मनोवैज्ञानिक प्राथमिक उपचार, समुदायमा हुने मानसिक स्वास्थ्य प्रभावित व्यक्तिमाथि हुने हेयभाव र भेदभाव समुदायमा देखापर्ने मानसिक स्वास्थ्य समस्या युवा तथा वालवालिकामा हुने तनावको अवस्था र समस्या समाधान स्वहेरचाह तथा आत्मरक्षा रोकथाम तथा प्रेषण प्रणाली लगायतको विषयमा प्रशिक्षण दिएको थियो ।

प्रशिक्षणको सहकर्ता नेपाल रेडक्रस सोसाइटीका मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग फोकलपर्सन टिकाराज पौडेल रहनुभएको छ । भने प्रशिक्षक तथा नेपाल रेडक्रस सोसाईटी सैबु उपशाखा सचिव दिवेशकुमार कार्कीले सहजिकरण गर्नुभएको थियो ।

तालिममा २४ जनाले प्रशिक्षण लिएका थिए । तालिम उद्घाटन समारोहमा बोल्दै प्रमुखअतिथि वडाअध्यक्ष दामोदर खड्काले वडाले अभिभावकको भुमिका निर्वाह गरेर विभिन्न विषयमा तालिम सञ्चालन जारी राखेको वताउनुभयो । पछिल्लो समय विकराल रुप लिएको मानसिक रोग सम्बन्धी मनोवैज्ञानिक उपचार सम्बन्धी तातिम शुरु गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्दै वडा कार्यालयले यस्तो कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

उहाँले वडामा स्वास्थ्य स्वयंसेविकाले तालिम लिएपछि समस्या देखिएको हरेक घरमा सहजिकरण गर्नुपर्ने बताउनुभयो । ‘सिकेर आफ्नै मनमा राख्ने होइन, सबैलाई सिकाउने र लगातार अध्ययन गर्नु आवश्यक छ’–उहाँको भनाई थियो । सबै वर्ग, लिङ र समुहको सहभागिता रहेको तालिम महत्वपुर्ण हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै मुख्यप्रशिक्षक पौडेलले पढेको मान्छेलाईमात्र मानसिक रोग हुन्छ भन्ने छैन । सबैलाई हुनसक्ने मानसिक स्वास्थ्यको विषयमा तालिम शुरु गरेको बताउनुभयो ।

कार्यक्षेत्रमा हुनसक्ने मानसिक स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न तपाईहरुले पहल गर्नुसक्नुहुनेछ भन्ने उद्देश्यले तालिम सञ्चालन गरेको जानकारी दिनुभयो । दैनिक २० जनाले आत्महत्या गर्ने तथ्याङकले मानसिक रोगको समस्या भयावह रहेको उल्लेख गर्दै भन्नुभयो–अब यस विषयमा समुदाय बढी सचेत हुनुपर्छ । यो क्षेत्रमा तालक लिएर सेवा लिन जीवनमा थप महत्वपुर्ण भुमिका हुनेछ ।

जेनजी आन्दोलनपछि मानसिक स्वास्थ्य समस्या बढ्दै गएको उल्लेख गर्दै उहाले भन्ननुभयो–नसर्ने रोगको रुपमा मानसिक रोगले भयानक रुप लिएको छ । स्वास्थ्य सेवा विभागले मानसिक विभागको नसर्ने रोग तथा मानसिक स्वास्थ्य ईकाईको समन्वयमा यो तालिम को कोर्ष तयार भएर सञ्चालन भएको जानकारी दिनुभयो । सोही कोर्षको आधारमा समुदायस्तरमा तालिम सञ्चालना भैरहेको बताउनुभयो ।

उपशाखा सचिव कार्कीले मनसंग सम्बन्धीत विषयवस्तु समेटेर मानसिक स्वास्थ्य समस्याको विषयमा तालिम दिएको बताउनुभयो । नेपाल रेडक्रस सोसाईटी सैबु उपशाखाका स्वास्थ्य उपसमिति प्रमुख नवराज कुँबरले तालिमले वडामा ठुलो सहयोग हुने बताउनुभयो । भन्नुभयो–तालिम लिएका स्वास्थ्य स्वंयसेवीले समुदायमा ठुलो भुमिका खेल्नेछन् ।