वातावरण दिवसमा महासंघको टोली वालकुमारी बनको अवलोकन


काठमाडौं ।

ललितपुर महानगरपालिका–१८ वालकुमारी सामुदायीक वनमा विश्ववातावरण दिवस मनाएको छ । ललितपुर महानगरपालिकको सबैभन्दा ठुलो बनक्षेत्रमा वातावरण दिपस मनाइएको हो । वातावरण दिवसको अवसरमा सामुदायीक वन राष्ट्रिय महासंघ नेपाल (फेकोफोन) र वालकुमारी वनउपभोक्ता समुहको सामुहिक अवलोकन गरेको थियो । अवलोकन पछि फेकोफनका को अध्यक्ष ठाकुरप्रसाद महानगगरक्षेत्रमा वालकुमारी सामुदायीक वन समुहले बृहतक्षेत्रफल भएको बनक्षेत्रको संरक्षण गर्नु महत्वपुर्ण कार्य भएको बताउनुभयो ।


उहाले २३ हजार भन्दा बढी बन समुह , ३२ लाख भन्दा बढी घरधुरी ,१ करोड ६२ लाख भन्दा बढी जनसंख्या संलग्न सामुदायीक वन समुहले विश्वमै नाम कमाउन सफल भएको बताउनुभयो । नेपालमा २०४६ पछि सबैभन्दा बढी सफल कार्यक्रम भनेको सामुदायकी वन कार्यक्रम रहेको छ । त्यसपछि मिडिया हो । फेकोफनको ७७ जिल्ला, ७ प्रदेश ५५६ पालिकामा संस्था छ । देशैभर यस्को सक्रियता महत्वपुर्ण छ ।

वातावरण दिवसको अवसरमा बालकुमारी सामुदायीक बनक्षेत्र अवलोकन गर्ने अवसर दिनुभएकोमा यहाहरुप्रति फेकोफन आभार व्यक्त गर्दछौ–अध्यक्ष भण्डारीले भन्नुभयो । उहाले बिसं २०५२ सालमा फेकोफन स्थापना नभएको भए नेपालमा बन रहदैनथियो । नेपालको वातावरण विश्वमै उत्कृष्ठ हुदैनथियो । त्यसैले देशैभरका सामुदायीक वन समुहको कारण नेपालले विश्वमा उच्च सम्मन पाएको बताउनुभयो ।

उहाले फेकोपनको कारण सामुदायकी वनक्षेत्रमा पर्यापर्यटन , कृषीवन पर्यटनको शुरु गर्न सकेको दाबी गर्नुभयो । भन्नुभयो–हाम्रो निरन्तरताको कारण बनक्षेत्र जोगिएको हो । अझै सबै सामुदायीक वन समुहले सहयोग गर्नुपर्छ ।
उहाले सामुदायीक बन समुहलाई समस्या परेमा वा कानुनी सललाह लिन परेको फेकोफनले निशुल्क सल्लाह दिने व्यवस्था गरेको उल्लेख गर्नुभयो । उहाले वनक्षेत्रको समग्र विकास र यस्को भुमिकाको विषयमा फेकोफनले परामर्श उपलब्ध गराइरकेको जानकारी दिनुभयो ।

अवलोकन भ्रमणमा ललितपुर–१८ का वडा सदस्य गोपाल डंगोलले यस सामुदायीक वनको संरक्षणको लागि वडाले सहयोग जारी राखेको बताउनुभयो । भन्नुभयो–यहा पर्यापर्यटनको विषय उठान भएको छ, पर्यापर्यटन र वनक्षेत्रमा हुने अन्य कुनैपनि कार्यक्रममा वडाले निरन्तर सहयोग गर्नेछ । वालकुमारी सामुदायीक वनका पुर्वअध्यक्ष नवराज कुँवरले २०३६ सालमा सेन्ट जेभियसं स्कुलले वृक्षरोपण गरेको यस वनक्षेत्र हाल महानगरको नमुना वनक्षेत्रको रुपमा विकास भैरहेको बताउनुभयो ।

‘शुरुमा वनक्षेत्रमा प्रवेश गर्ने नहुने झाडी थियो, वन समुहको अध्यक्ष किशोर कुँवर लगायत सबै स्थानीयको निरन्तर सहयोग र परिश्रमको कारण योक्षेत्र ललितपुरमा घुम्न लायक भएको छ ।

समुहका अध्यक्ष किशोर कुँवरले सबैको निरन्तर सहयोगबाट वनक्षेत्रको विकास सम्भव भएको बताउनुभयो । उहाले वनक्षेत्र थप विस्तार र विकासको लागि फेकोफनसंग निरन्तर सहयोग लिइरहने बताउनुभयो । पहिलो अवलोकन भ्रमण भएको छ , अब योजना र उदेश्य सहित निरन्तर छलफल गर्नेछौ–उहाको भनाई थियो । उहाले पर्यापर्यटनको सम्भावना अध्ययन गरी कार्यान्वयन गर्ने बताउनुभयो ।

भन्नुभयो–कार्ययोजना तयार भैरहेको छ । सोही कार्यायोजनाको आधारमा थप काम गर्नेछौ–उहाको भनाई थियो । उहाले यो वर्षाको अवधीमा वनक्षेत्रमा जडिबुटी, फलफूलजन्य वृक्षरोपण गर्ने योजना रहेको जानकारी दिनुभयो । अवलोकन भ्रमणमा फेकोफनका महासचिव पार्वता गौतम लगायतको उपस्थिति थियो ।