जननायक रामप्रसादको शालिक तथा समीको रुखमुनि साकेला सिली

1.13k
Shares

खोटाङ ।

२००७ सालको प्रजातान्त्रिक योद्दा जननायक रामप्रसाद राईको सालिक तथा उहाँले रोप्नुभएको  समी जातको रुखमुनि धुमधाम साकेला नाचिएको छ । खोटाङको खोटेहाङ गाउँपालिकाको खोटाङबजारस्थित टुँडिखेलमा निर्मित राईको शालिक तथा उहाँले रोप्नुभएको समीको रुखमुनि जिल्लाका दक्षिणी भेगका किरात तथा गैर किरात समुदायले साकेला सिली नाचेका हुन ।

किरात राई यायोक्खा खोटेहाङ कार्य समितिको आयोजनामा खोटेहाङ गाउँपालिका लगायत अन्य पालिकाका समुदायले साकेला उभौलीको अवसरमा साकेला सिली नाचेका हुन । बिक्रम सम्बत १९९८ साल ताका खोटाङबजारमा माल अड्डा हाकिम भएर रहँदा राईले उक्त समीको बिरुवा रोपेको इतिहासकार तथा पुर्खाहरुले उल्लेख गर्दै आएका छन । त्यस समयमा पुर्वबाट सुरु भएको राणाबिरोधी आन्दोलनपछि राई जागिर छाडेर सोही आन्दोलनमा समाहित हुँदै बेपत्ता भएको जनाईन्छ ।

भोजपुरका राई भोजपुरकै नारदमुनी थुलुङहरुको समुहबाट आन्दोलनमा समाहित भएको जनाईएको छ । हाल टुडिखेलमा फुटबल खेलमैदान लगायत भगवतीको मन्दिर स्थापित छन । किरात राईहरुले चराचुङगी लगायत जलचर–थलचर लेकबाट बेंसीतर्फ झर्ने गर्मी याममा  उभौली र बेंसीबाट लेकतर्फ जाने जाडो यामलाई उधौली गरी बर्षमा दुई मौसम यस चाड मनाउने गरेका छन ।

अन्नबाली सप्रियोस, सुब्यफाब्य होस भन्दै पितृलाई सम्झदै भूमिको पुजाआजा गरी यो चाड मनाउने गरिएको किरात राई यायोक्खाले जिल्ला कार्य समितिको अध्यक्ष युग्सन किरातले जनाउनुभयो । यस चाड भाईचारा, सहअस्तित्व तथा जातीय सद्भावको रुपमा स्थापित भएको अध्यक्ष्। किरातको भनाई छ । किरात बस्ती भएको हरेक गाँउबस्तीमा यो चाड महत्वका साथ मनाउने गरिएको छ । ।