२१ औ अन्नपूर्ण चेस च्याम्पियनसिप शुक्रवार सुरु भएको छ ।
विद्यालयको हातामा जारी प्रतियोगितामा ५०० भन्दा खेलाडीको सहभागिता छ । पहिलो दिन यु–९ र यु–११ उमेर समूहको गरी कुल ४ स्पर्धाका छनोट खेल सम्पन्न भए ।

शनिवार दोस्रो दिन यु–१३ र १३ वर्ष माथिको समेत गरी कुल ४ समूहको छनोट खेल हुने छ । सबै समूहको अन्तिम चरणको खेल आइतबार हुने छ ।
अन्नपूर्ण चेस अन्तरगत यस अघि महिला राष्ट्रिय च्याम्पियन तथा उमेर समूहको राष्ट्रिय च्याम्पियनसिपको समेत आयोजना भइसकेको छ ।

अन्नपूर्ण चेसका विगतको संस्करणमा नेपालका नाम चलेका स्टारहरूको सहभागिात रही सकेको छ ।











प्रतिक्रिया