काठमाडौं, (नेस) ।
नवोदित र काठमाडौं भ्याली स्कुल दोश्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
तेजस्वी एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा नवोदितले जेबी स्कुललाई ५०–४६ ले पराजित ग¥यो । नवोदितको जितमा सम्योजन हमाल र आदेश बगालेले समान १६–१६ अंक योगदान गरे । रियान बानियाँको १२ अंक सहयोगमा काठमाडौं भ्यालीले क्यान्भास बसन्त ऋतुलाई ३७–२६ ले हरायो ।
ब्वाइजमै भ्याली पब्लिकले बागमतीलाई ४५–३५, न्युटनले स्कोलर्स होमलाई ४८–३७, गोल्डेनपिकले डिफेन्डिङ च्याम्पियन एन्जल्स हार्टलाई ४४–३५, गण्डकीले लालीगुराँस नेसनल एकेडेमीलाई ३८–३७, मार्वलसले ह्वाइट हेभनलाई ४२–३२ र टीआईएले संस्कृति शिक्षा सदनलाई २८–२० ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
भ्याली पब्लिकका अशोक विकले १७, न्युटनका आशिष राईले १६, गोल्डेनपिकका प्रिजम केसीले १२, गण्डकीका तपेन्द्र ओडले २०, मार्वलसका नवीन कार्कीले ९ र टीआईएका दिवस जोशीले १० स्कोर गरे ।











प्रतिक्रिया