विश्व नम्बर एक सबालेन्का स्तब्ध


लन्डन, (एजेन्सी) ।

विश्व नम्बर एक खेलाडी एरिना सबालेन्का पहिलो सेट जितेर दोस्रो सेटमा ५–३ को अग्रतामा थिइन् । फाइनल पुग्न उनले केवल आफ्नो सर्भिस बचाए पुग्ने थियो । तर, उनी यहीबाट एकपछि अर्को गल्ती गर्दै जाँदा हारको संघारमा पुगेकी डायना स्नाइडरले लगातार १० गेम जितेर एरिनालाई स्तब्ध तुल्याइन् ।

रसियन खेलाडी स्नाइडरले यो खेल ३–६, ७–५, ६–० ले जितेकी थिइन् ।यो हारसँगैं एरिनाको फ्रेन्च ओपन जित्ने सपना यसपटक पनि अधुरै रह्यो । उनले ५७ वटा अनावश्यक गल्ती गर्नु नै प्रतियोगिताबाट बाहिरिनु प¥यो । उता जित निकालेकी स्नाइडरको सेमिफाइनलमा क्वालिफायर पोल्यान्डकी खेलाडी माजा चवालीन्सकासँग हुनेछ । उनले रसियन खेलाडी अन्ना कालिन्सकायालाई हराएकी थिइन् ।