एजेन्सी :
अष्ट्रेलियाको अनौठा वस्तु बनाउने बुटिक र्याट अडिटी गिजार्डले हालै ट्याक्सिडर्मी (विशेष विधिबाट संरक्षण गरिएको मृत जनावर) गरिएको मुसा प्रयोग गरेर बनाइएको महिलाको भित्रीर्वस्त्र सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा व्यापक चर्चा र विवाद चुलिएको छ।
सामान्यतया मानिसहरूले आफ्नो शरीरको संवेदनशील भाग नजिक मुसा त के, कुनै जनावरको अवशेष पनि चाहदैनन्। तर र्याट अडिटी गिजार्डले तयार गरेको लिन्जेर्याट नामक अनौठो अन्तर्वस्त्रले भने इन्टरनेट प्रयोगकर्ताहरूको ध्यान तान्न सफल भएको छ।
कम्पनीले विगत केही वर्षदेखि ट्याक्सिडर्मी गरिएको मुसा प्रयोग गरेर विभिन्न सजावटी तथा अनौठा वस्तुहरू बनाउँदै आएको थियो। गत अक्टोबरमा कम्पनीकी मुख्य डिजाइनरले एउटा महिलाको अन्तर्वस्त्रमा संरक्षण गरिएको मुसा सिलाउने विचार ल्याएकी थिइन्। उनले उक्त सिर्जनाको तस्वीर इन्स्टाग्राम मा सार्वजनिक गरेपछि यो उत्पादन रातारात भाइरल बनेको हो।
लगाउनका लागि होइन
निर्माताका अनुसार लिन्जेर्याट भित्रीर्वस्त्र वास्तवमा लगाउनका लागि डिजाइन गरिएको होइन। यो मुख्यतः कला र अनौठा सङ्कलनका पारखीहरूका लागि बनाइएको सजावटी वस्तु हो। यद्यपि सामाजिक सञ्जालका केही प्रयोगकर्ताले भने यसलाई वास्तवमै लगाउन इच्छुक रहेको प्रतिक्रिया दिएका थिए। कतिपयले आफ्नो जीवनसाथी वा पार्टनरलाई आश्चर्यचकित बनाउन, त कतिपयले झस्काउन पनि यसलाई प्रयोग गर्न सकिने बताएका छन्।
वास्तविक कि प्रचारबाजी?
उत्पादनको अनौठोपनका कारण धेरैले यो साँच्चै बनेको वस्तु हो कि केवल प्रचारका लागि गरिएको अभियान हो भन्ने प्रश्न उठाएका थिए। तर कम्पनीले लिन्जेर्याट वास्तविक उत्पादन भएको जनाएको छ।
इच्छुक ग्राहकले यो वस्तु करिब एक सय ९० अष्ट्रेलियन डलर (झण्डै एक सय ३७ अमेरिकी डलर) मा खरिद गर्न सक्ने कम्पनीको भनाइ छ।
यस उत्पादनले कम्पनीलाई व्यापक चर्चा दिलाए पनि सबै प्रतिक्रिया सकारात्मक भने थिएनन्। जनावरको अवशेष प्रयोग गरिएको भन्दै धेरैले आलोचना गरेका छन्। अर्कोतर्फ, केहीले यसलाई कला, सिर्जनात्मकता र वैकल्पिक फेसनको नयाँ प्रयोगका रूपमा व्याख्या गरेका छन्।
कम्पनीले मुसाहरू कहाँबाट प्राप्त गरिएका हुन् भन्ने विषयमा पारदर्शी बन्ने प्रयास गरे पनि विवाद भने रोकिएको छैन। तर यस्ता चकित पार्ने सिर्जनासँग विवाद जोडिनु अस्वाभाविक नभएको टिप्पणी पनि भइरहेको छ।
अन्तर्राष्ट्रिय डेलिभरी उपलब्ध
रोचक कुरा के छ भने्रर्याट अडिटी गिजार्डले आफ्नो लिन्जेर्याट उत्पादनका लागि अन्तर्राष्ट्रिय डेलिभरी सेवा पनि उपलब्ध गराएको छ। त्यसैले संसारका विभिन्न देशका अनौठा वस्तु सङ्कलन गर्ने पारखीहरूले समेत यो उत्पादन अर्डर गर्न सक्नेछन्।











प्रतिक्रिया