इन्डो–नेपाल कराते शुक्रबारदेखि


काठमाडौं, (नेस) ।

टेक्सास इन्टरनेसनल कलेजको आयोजनामा १८ औं इन्डो–नेपाल खुला कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

नेपाल गोजुकाइ कराते डो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा नेपालबाट २ सय ५० र भारतबाट २३ गरी जम्मा २ सय ७३ खेलाडी सहभागी हुने बताइएको छ ।

पुरुष÷महिलामा एकल कातासहित समान ११–११ स्पर्धामा खेल हुने गोजुकाइ कराते डो संघका महासचिव समेत रहेका प्रतियोगिता संयोजक इन्द्रबहादुर शाही खड्गेले जनाएका छन् ।

दुईदिने प्रतियोगिताका खेलहरु मित्रपार्कस्थित आयोजक टेक्सासकै हातामा खेलाइने छ ।