काठमाडौं ।
साफ महिला च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा नेपालले बुधबार साविक विजेता बंगलादेशको सामना गर्दैछ। गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ।
समूह ‘ए’ को विजेता बनेर सेमिफाइनल पुगेको नेपाल बंगलादेशविरुद्ध अघिल्ला दुई फाइनलमा भोगेको हारको बदला लिँदै फाइनलमा स्थान बनाउन चाहन्छ। नेपालले समूह चरणमा भुटान र श्रीलंकालाई पराजित गर्दै क्लिनसिटसहित अन्तिम चारमा स्थान बनाएको थियो।
मुख्य प्रशिक्षक नविन न्यौपाने ले बंगलादेशविरुद्ध कडा प्रतिस्पर्धाका लागि टोली तयार रहेको बताएका छन्। कम्बोडियाबाट हालै टोलीमा जोडिएकी प्रीति राई को आगमनले पनि नेपालको मनोबल बढाएको छ।
नेपाल र बंगलादेशबीच हालसम्म १३ खेल हुँदा नेपालले ६, बंगलादेशले २ खेल जितेको छ भने ५ खेल बराबरीमा सकिएका छन्। यद्यपि बंगलादेशका दुवै जित साफ च्याम्पियनसिपका फाइनलमा आएका थिए। नेपाल यस पटक त्यो इतिहास बदल्दै उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यमा छ।











प्रतिक्रिया