अमेरिकामा बस्दै आएका निर्देशक सुमन दाहालले आफ्नी आमाको जन्मदिनको अवसर पारेर आमा बोलको भावनात्मक गीत तयार पारी भिडियोसहित सार्वजनिक गरेका छन्।
आमाप्रतिको प्रेम, सम्मान र कृतज्ञतालाई केन्द्रमा राखेर तयार गरिएको भिडियोमा दाहालले आप्mनै परिवारका सदस्यलाई अभिनय गराएका छन्। आमाको भूमिकामा उनको आमा तुलसीदेवी दाहाल देखिएकी छन् भने अन्य भूमिकामा परिवार र आफन्तहरु मन्दिरा दाहाल, भुवन लोहनी, गरिमा पाण्डे, सम्राट दाहाल, सुजिता सिटौला, समीर दाहाल, साया भण्डारी, सावन लोहनी, अर्भी सुवेदी र अश्वत खनाललाई अभिनय गराएका छन्।
गीतमा शब्द रचना स्वयं दाहालको छ भने स्वर प्रमोद खरेल र समीक्षा अधिकारी तथा संगीत वसन्त सापकोटाको छ। दाहालले निर्देशन गरेको गीतको भिडियोमा छाया“कन राजु केसी, रंग संयोजनक रेनिस फागो र सम्पादन भूपेन्द्र अधिकारीको छ।











प्रतिक्रिया