केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना


काठमाडौँ ।

काठमाडौँ नेपालमा पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण आज देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने बताइएको छ।

यसैबीच, मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको छ। राति भने अधिकांश तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ भने कोशी, कर्णाली, सुदूरपश्चिम तथा केही हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।