काठमाडौं।
प्रवेशपत्र प्रिन्ट गर्न भन्दै घरबाट निस्किएका १६ वर्षीय कृष्ण भुसाल साल सम्पर्कविहीन भएपछि परिवारले उनको खोजीमा सहयोग गरिदिन सर्वसाधारणसँग आग्रह गरेको छ।
परिवारका अनुसार कृष्ण मिति यही जेठ १६ गते प्रवेशपत्र प्रिन्ट गर्न भन्दै घरबाट निस्किएका थिए। त्यसयता उनी परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन्।
उनी सोही दिन दिउँसो करिब १२ः३० बजे काठमाडौंको नागढुङ्गाभन्दा तल रहेको क्षेत्रमा जडान गरिएको सीसीटीभी क्यामेरामा देखिएका थिए। त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको परिवारले जनाएको छ।
हराउँदा कृष्णले क्याप टोपी लगाएका थिए। उनको कपाल छोटो रहेको तथा टिसर्ट, सामान्य पाइन्ट र चप्पल लगाएको अवस्थामा घरबाट निस्किएको बताइएको छ।
कृष्णको खोजी कार्य जारी रहेको जनाउँदै परिवारले उनको बारेमा कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा 9856051975,+9779851242282 सरोज कंडेल, 9851126435 पुस्पा भुसाल यी सम्पर्क नम्बरमा जानकारी गराइदिन सबैमा अनुरोध गरेको छ।











प्रतिक्रिया