काठमाडौँ।
नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ। आइतबार तोलामा २० हजार पाँच सय रूपैयाँ बढेको सुनको मूल्य साेमबार प्रतितोला दुई सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला तीन लाख १० हजार नौ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ।आइतबार सुन प्रतितोला तीन लाख ११ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ। चाँदी आइतबार प्रतितोला पाँच हजार तीन सय ४५ रूपैयाँमा कारोबार भएको थियाे । चाँदी साेमबार तोलामा पाँच हजार तीन सय ५५ रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला १० रूपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔंस चार हजार पाँच सय २१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।











प्रतिक्रिया