काठमाडौँ।
विपक्षीहरुको विरोधपछि १५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले आइतबार सीमा सम्बन्धी दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै विपक्षी दलहरुले विरोध जनाएका हुन् ।
सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) ले सभाको कामकारबाही सहज बनाउन आग्रह गरेका थिए । तर विपक्षी दलहरुले प्रधानमन्त्रीले रोष्ट्रममा आएर जवाफ दिनुपर्ने, प्रधानमन्त्रीको उक्त भनाइ रोष्ट्रमबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने लगायतका मागहरु राखेर विरोध जनाए । त्यसपछि १५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो ।











प्रतिक्रिया