काठमाडौँ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ। रुघाखोकी, ज्वरो तथा हल्का निमोनियाका कारण शनिबार मेडिसिटी अस्पताल मा भर्ना भएका प्रचण्डको उपचार जारी छ।

आइतबार उनलाई भेट्न पुगेका रामप्रसाद सापकोटा ले स्वास्थ्यमा उल्लेखनीय सुधार आएको र सोमबारसम्म डिस्चार्ज हुने जानकारी दिए। चिकित्सकले हाल आराम र उपचारलाई प्राथमिकता दिन सुझाव दिएका छन्। अस्वस्थताका कारण प्रचण्ड गणतन्त्र दिवस समारोह तथा सङ्घीय संसद्को बजेट अधिवेशनमा सहभागी हुन सकेका थिएनन्।











प्रतिक्रिया