नेपाली बजारमा सुनको मूल्यमा ठूलो वृद्धि


काठमाडौँ ।

नेपाली बजारमा सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सार दर १० प्रतिशतले बढाएपछि यसको प्रत्यक्ष असर बजारमा देखिएको हो। सुनसँगै चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार ३४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।