काठमाडौं ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युरोपेली च्याम्पियन्स लिगको उपाधि लगातार जितेको छ ।
शनिबार हङ्गेरीमा भएको फाइनल खेलमा पिएसजीले इङ्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा हरायो ।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । अतिरिक्त ३० मिनेटको खेलमा समेत कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको हो ।
पेनाल्टीमा आर्सनलका इबेरची इजे र गाव्रिअल मागाल्हाइको प्रहार बाहिरिएको थियो ।
पिएसजीले गत वर्ष इन्टर मिलानलाई हराउँदै पहिलो पटक उपाधि जितेको थियो । लुइस इन्रिकेको प्रशिक्षणमा पिएसजीले उपाधि रक्षा गरेको हो । यता, आर्सनलको भने पहिलो पटक उपाधि जित्ने सपना अधुरै रह्यो ।
खेलको छैठो मिनेटमा गोल गरेर आर्सनलले अग्रता लिएको थियो। आर्सनलका लागि काइ हाभर्जले गोल गरेका थिए । पिएसजीका लागि ६५ औं मिनेटमा डेम्बेले गोल फर्काएका थिए ।











प्रतिक्रिया