उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ मा पर्ने फूलचोक स्थित एक घरबाट शनिबार राती घरधनी सहित जुवाको खालबाट ११ जना पक्राउ परेका छन भने जुवा खेल्न प्रयोग हुने कौडा समेत प्रहरीले बरामद् गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार त्रियुगा नगरपालिका वडा नं १२ फूलचोक स्थितबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । स्थानीय महेन्द्र चौधरीको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जुवाको खालबाट नगद रू १,८२,३८२ ।– (एक लाख बयासी हजार तीन सय बयासी रुपैयाँ), १६ वटा कौडा, ११ थान मोबाइल फोन र ५ थान मोटरसाइकल समेत बरामद गरिएको छ ।
पक्राउ पर्नेहरूमा घरधनी ४५ वर्षीय महेन्द्र चौधरी, ५२ वर्षीय चिरन राई, ३४ वर्षीय जितन राई, २८ वर्षीय तिलक राई, ३५ वर्षीय जगदीश राई, ३३ वर्षीय नविन तामाङ, ५४ वर्षीय वसन्त राई, ६२ वर्षीय नारायण पौडेल, ५१ वर्षीय रविन्द्र राई, ५४ वर्षीय हेमन्त राई र २८ वर्षीय रुद्र बहादुर परियार रहेका छन् ।
निजहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया