काठमाडौं ।
अमेरिकाबाट नेपाल फर्किएका ७३ वर्षीय श्याम मरहठ्ठाको विमानमै मृत्यु भएको छ। गोरखा घर भएका मरहठ्ठा आइतबार बिहान ६ः३५ बजे Tribhuvan International Airport मा अवतरण गरेको टर्किस एयरलाइन्सको उडानमा मृत अवस्थामा फेला परेका हुन्।
प्राप्त जानकारीअनुसार मरहठ्ठा अमेरिकाबाट इस्तानबुल हुँदै काठमाडौं आएका थिए। विमान काठमाडौं अवतरण गरेपछि उनी अचेत अवस्थामा रहेको थाहा भएको थियो। विमानस्थलमा रहेका स्वास्थ्यकर्मी तथा सम्बन्धित निकायले जाँच गर्दा उनको मृत्यु भइसकेको पुष्टि भएको बताइएको छ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक रूपमा स्वास्थ्यसम्बन्धी समस्याका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको भए पनि मृत्युको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदनपछि मात्र खुल्ने जनाइएको छ। मृतकको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।
परिवारलाई समेत घटनाबारे जानकारी गराइएको छ। यस घटनापछि विमान यात्राका क्रममा यात्रुको स्वास्थ्य अवस्थाको निगरानी र आकस्मिक उपचार व्यवस्थाबारे पुनः चर्चा सुरु भएको छ।











प्रतिक्रिया