बैशाखमा उदयपुर प्रहरीमा चौविस थान मुद्दा दर्ता

752
Shares

उदयपुर ।

गएको बैशाख महिनामा जिल्ला प्रहरी कार्यालय उदयपुरमा विभिन्न प्रकृतिका २४ थान मुद्दा दर्ता भएको छ । दर्ता मुद्दा मधये सामान्य मुद्दा १८ थान गम्भिर प्रकृतिको ४ थान र जघन्य प्रकृतिको २ थान दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले जारी गरेको प्रेस नोटमा २०८३ बैशाख महिनामा महिला बालकालिका तथा जेष्ठ नागरिक विरुद्धको कसुरमा जम्मा १८ थान मुद्दा दर्ता भएकोमा ७ वटा महिला सम्बन्धी, ५व टा बालकालिका सम्बन्धी र ६ वटा जेष्ठनागरिक सम्बन्धी रहेको छ ।

यस्तै आर्थिक अपराधतर्फ बैकिंग कसुरको १ थान,चालु मुद्दाका २४ जना प्रतिवादी पक्राउ गरिएको र १ जना फरार प्रतिवादी पक्राउ गरिएको र जम्मा २५ जना फरार प्रतिवादी पक्राउ गरिएको छ । फैसला कार्यान्वयनतर्फ ४३ जना फरार प्रतिवादी पक्राउ गरी उनिहरुबाट रु २ लाख ६५ हजार ४४६ रुपैया जरिवाना असुल गरिएको र केद सजायका रुपमा अदालतबाट १८ वर्ष ६ महिना २५ दिन तोकिएको छ ।

महिला बालकालिका तथा जेष्ठ नागरिक तर्फ घरेलु हिंसामा जम्मा ९ वटा उजुरी दर्ता भएकोमा पीडित ९ जना पीडक पनि ९ जना नै रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरबाट जारी प्रेस नोटमा उल्लेख छ ।
बैशाख महिनामा जम्मा ३० जना हराएकामा महिला ११ जना पूरष १० जना २ बालक, ६ बालिका र १ जना जेष्ठ नागरिक रहेका छन् ।

बैशााख मै हराएर फेला परेका ६ जना महिला ४ जना परुष र ५ जना बालिका रहेका छन भने यस महिनामा कुल २० जना मानिस फेला परेका छन् । जसमा महिला ८ जना पुरुष ५ जना, बालिका ६ जना र १ जना जेष्ठ नागरिक समेत २० जना रहेका छन् ।

घरेलु हिंसातर्फ शारीरिक तथा मानसिक यातनामा ९ जनाले उजुरी दिएकोमा ७ वटा उजुरीमा मिलापत्र गराइएको र २ वटा काम बाँकी रहेको, यि उजुरीहरुमा ८ थान नगरपालिकाको र १ थान गाउँपालिकाको रहेको जारी प्रेस नोटमा उल्लेख छ । पत्यक्ष रुपमा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका ठाडो उजुरकिो संख्या ९२ थान रहेकोमा ९२ थान कै मिलापत्र गराइएको छ ।

जिल्ला प्शासन कार्यालय मार्फत प्राप्त भएका १६ थान उजुरीहरु मध्ये १५ वटामा मिलापत्र भएको र १ थान काम बाँकीमा रहेको प्रेस नोटमा उल्लेख गरिएको छ ।