कृषि विकास बैंक ठगी प्रकरणका फरार प्रतिवादी पक्राउ


काठमाडौं ।

कृषि बिकास बैकको केन्द्रीय सञ्चालन विभागसँग सम्बन्धित आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कृषि विकास बैंक लिमिटेड, केन्द्रीय सञ्चालन विभाग, मुख्य कार्यालय काठमाडौंमा शाखा प्रमुख पदमा कार्यरत कर्मचारी रमेश गौतमले दिएको जाहेरीका आधारमा प्रतिवादी राजु भन्ने राजुन मालीलाई पक्राउ गरिएको हो ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि प्रहरी टोलीले मिति २०८३ जेठ ११ गते साँझ करिब ७ बजे काठमाडौंको चन्दागिरी नगरपालिका–९ मच्छेगाउँबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने व्यक्ति ४१ वर्षीय राजु भन्ने राजुन माली रहेको र उनी काठमाडौं चन्द्रागिरी क्षेत्रका स्थायी बासिन्दा भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका मालीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ ।
प्रहरीले उक्त मुद्दामा आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान अघि बढाइएको जनाएको छ ।