शान्ति निहारिकाको ‘पृथुला’ 

658
Shares

साहित्यकार शान्ति निहारिकाले आफ्नो दोस्रो साहित्यिक कृति ‘पृथुला’ कविता सङ्ग्रह सार्वजनिक गरेकी छन् । छोरा यसन खड्काको जन्मदिनको अवसरमा साहित्यकार निहारिकाले ‘पृथुला’ कविता सङ्ग्रह सार्वजनिक गरेकी हुन् । 

साहित्यकार शान्ति निहारिकाले यस अघि उपन्यास ‘चट्याङको मूच्र्छना’ प्रकाशन गरिसकेकी छन् । 

साहित्यकार प्रा.डा. देवी नेपाल लगायतका साहित्यकारहरुको उपस्थितिमा निहारिकाको दोस्रो कृति कविता सङ्ग्रह ‘पृथुला’ सार्वजनिक गरिएको थियो ।

दियालो साहित्य सरगमले आयोजना गरेको ‘पृथुला’ कविता सङ्ग्रह सार्वजनिक कार्यक्रमको सभापतित्व शान्ति शर्माले गरेकी थिइन भने साहित्यकार शकुन्तला जोशीले ‘पृथुला’ कविता संग्रहबारे टिप्पणी गरेकी थिइन ।

कार्यक्रममा साहित्यकार प्रा. डा. देवी नेपाल, बलराम दहाल, डा. रेणुका सोलु, लेखक एवम् पत्रकार रोहित भण्डारी, सर्जकका अभिभावक भविन्द्र खत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए भने हेम प्रभाष, रिमा केसी र एमपि पाण्डेले कविता बाचन गरेका थिए ।  

गजल लेखनमा सक्रिय साहित्यकार शान्ति निहारिकाले नेपाली गजल गायनको स्वर्ण दशक विक्रम संवत २०८०– २०९० अन्र्तगत कविता सङ्ग्रह सार्वजनिक संगै ‘निहारिका गजल गुञ्जन– २०८३’ समेत प्रस्तुत गरेकी थिइन् । गजल गुञ्जनमा विश्व किर्तिमानी संगितकार सन्तोष श्रेष्ठ, गायक राजकुमार सुन्दास (राज सागर) तथा गायिका जलजला परियारले सांगितिक प्रस्तुति दिएका थिएका थिए । 

गजल गायनको स्वर्ण दशक विक्रम संवत २०८०– २०९० अन्र्तगत आयोजना भएको ‘निहारिका गजल गुञ्जन– २०८३’ तेस्रो कार्यक्रम हो । यस अघि ‘राधा कणेल गजल साँझ– २०८२’ र ‘रश्मि गजल गुञ्जन– २०८२’ आयोजना भएका थिए ।

सानै उमेरदेखी साहित्य लेखनमा उत्साहित शान्ति निहारिकाले विद्यार्थी समयमा धेरै फुटकर कविता तथा गजलहरु लेखेको बताईन । झण्डै पाँच वर्षदेखि भने साहित्यको कविता, गजल र कथा– उपन्यास लेखनमा निरन्तर लागि रहेको उनको भनाई छ ।