प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्रान्ड ‘एट पिक्स’ सार्वजनिक


डिस्टिलरी कम्पनी प्रिमियर डिस्टिलरी लिमिटेडले ८ पिक्स नामक नयाँ ब्रान्ड बजारमा ल्याएको छ ।

द हिमालयन रिजर्भ ब्लेन्डेड ह्विस्की, ओल्ड मंक ७ वर्षे रम, ओल्ड मंक लेजेन्ड रम र ब्ल्याक स्टालियनजस्ता प्रिमियम ब्रान्डद्वारा ग्राहकहरुको मन जित्न सफल प्रिमियर डिस्टिलरी लिमिटेडले ल्याएको यो नयाँ उत्पादनको पछाडि पनि बेग्लै कहानी छ ।

समुद्री सतहबाट आठ हजार मिटर अग्ला हिमालहरू संसारमा चौधवटा मात्रै छन् र त्यसमध्ये आठ नेपाली भूमिमा पर्छन् । यही ८ हिमालका शिखरहरूमा हजारौँ वर्षको इतिहास बोकेर बसेका कोमल हिउँ जब पग्लिन्छ, बग्छ, र पुनः हिमतालमा जम्छ अनि वर्षौंसम्म हिमाली चट्टानभित्र छानिएर जलधाराको रुपमा झर्ना बनेर बग्छ, तब प्रकृति स्वयंले तयार गरिदिएको सबैभन्दा शुद्ध र कञ्चन उपहारबाट बन्छ ८ पिक्स ।

हिमनदीबाट अविरल बगिरहेका जलधाराको कञ्चन पानीबाट बनेको ८ पिक्सलाई परम्परागत तामाको स्टिलबाट हुने फ्राक्सनल डिस्टिलेसनलाई आणविक स्तरको रूसी चारकोल र चाँदी फिल्ट्रेसनसँग संयोजन गरी तयार गरिएको छ ।

यसले कडा कन्जेनरहरू र अशुद्धताहरू सक्रिय रूपमा हटाउँछ । यसको परिणामस्वरूप वैज्ञानिक रूपमा परिष्कृत, रासायनिक रूपमा शुद्ध कउष्चष्त तयार हुन्छ, जसले असाधारण स्तरको मृदुता र स्पष्टता प्रदान गर्छ र ग्राहकहरुलाई प्रकृतिको शुद्ध स्वाद पस्कन्छ। यो स्वदेशी उत्पादनका हरेक थोपामा राष्ट्रको कथा बोकेको छ ।

राष्ट्रिय गौरवको सम्मानमा समर्पित यो उत्पादनले स्वच्छ तरललाई हिमाली तालजस्तो पारदर्शी सिसाको बोतलमा आकाशजस्तै निलो लेबल सहित प्रस्तुत गरेको छ । देशको प्राकृतिक गौरवलाई सम्मान गर्दै आधुनिक उपभोक्तालाई लक्षित गरी तयार गरिएको ८ पीक्सले प्राकृतिक इतिहाससँगै आधुनिक र स्टाइलिश पहिचान पनि झल्काउने कम्पनीको दाबी छ।

देशभर गरिएको उपभोक्ता स्वाद परीक्षणमा ८ पीक्सले ९९ प्रतिशत सहभागीहरुको मन जित्न सफल भएको छ, जसले यसको बजारी सम्भावनाप्रति प्रिमियर डिस्टिलरी लिमिटेडको आत्मविश्वासलाई थप मजबुत बनाएको छ ।

८ पीक्स आगामी १५–२० दिनभित्र नेपालभरका प्रमुख शहरहरुमा उपलब्ध हुनेछ । यो ७५० एमएल, ३७५ एमएल, र १८० एमएलका बोतलहरुमा बजारमा उपलब्ध हुनेछ ।