काठमाडौँ
लक्ष्मी सनराईज क्यापिटल लिमिटेड र जेनेसिस भेन्चर्स लिमिटेड बीच २५ लाख कित्ता साधारण शेयरको प्रस्तावित सार्वजनिक निष्कासनका लागि आईपीिओ निष्कासन व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । लक्ष्मी सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र जेनेसिस भेन्चर्सका अध्यक्ष अनुज राठीले विशेष समारोहबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार लक्ष्मी सनराईज क्यापिटलले जेनेसिस भेन्चर्सको आगामी प्रारम्भिक सार्वजनिक निष्कासन (आईपिओ) का लागि निष्कासन तथा बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ। दुवै संस्थाले यस सहकार्यले नेपालको पुँजी बजारलाई थप सुदृढ बनाउँदै आम लगानीकर्ताका लागि नयाँ लगानी अवसर विस्तार गर्ने विश्वास व्यक्त गरेका छन् ।
जेनेसिस भेन्चर्स लिमिटेड सूचीकरण नभएका इक्विटी अवसरमा केन्द्रित निजी बजार लगानी कम्पनी हो । कम्पनीले उच्च वृद्धि सम्भावना भएका क्षेत्र तथा दीर्घकालीन मूल्य सिर्जना गर्ने व्यवसायहरूमा लगानी गर्ने लक्ष्य राखेको जनाएको छ । प्रस्तावित आईपीिओमार्फत कम्पनीको भविष्यको वृद्धि तथा रणनीतिक विस्तार योजनालाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया