विद्यार्थी यार्चागुम्बा खोज्न पाटन  हिँडेपछि मुगुमका विद्यालय बन्द

0
Shares

मुगु। 

मुगुको मुगुमकर्मारोङ गाउँपालिकाका विद्यार्थी यार्सा गुम्बा खोज्न अभिभावकसँगै पाटन क्षेत्र तर्फ हिँडेपछि  विद्यालय बन्द भएका छन् ।

यस क्षेत्रका स्थानीयको आम्दानीको प्रमुख स्रोत नै यार्सा गुम्बा भएकाले  यार्सा सिजय सुरु भएलगत्तै घरका बालबालिकालाई पनि अभिमावकसँगै यार्सा  खोज्न  त्यस क्षेत्र तर्फ जाने गरिन्छ । यस गाउँपालिकाका १२ वटा विद्यालयका विद्यार्थी यार्सा गुम्बाका लागि पाटनतर्फ लागेका छन् ।

मुगुमकर्मारोङ गाउँपालिकाको कार्यविधि अनुसार यार्सा गुम्बा सडक निर्माणका लागि जेठ १६ गतेदेखि सामुदायिक वनक्षेत्रमा अनुमति दिइएको छ । बुद्व नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक लग्न सिगं सेजुवालले जानकारी दिए अनुसार विद्यार्थी यार्सा संकलन गर्न  हिँडपछी विद्यालय बन्द हुन गएको छ । यार्सा गुम्बा संकलनका लागि १० वर्षका बालबालिकादेखि ६० वर्ष उमेरसम्मका मानिस जडिबुटी संकलनकालागि यार्सा  बनक्षेत्रमा जाने गर्दछन् ।

गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार गाउँपालिकाका तल्लो बेसिका नेपाल राष्ट्रिय आधारभूत विद्यालय छायल, नेपाल राष्ट्रिय विद्यालय पुलु, चिमाथको आनन्द आधारभूत विद्यालय रित्तै  छन् । त्यसै गरी जनकल्याण आधारभूत विद्यालय महका विद्यार्थी याचाँगुम्बा संकलन कोलागि हिडेपछि बिध्यालय खालि भयका हुन्।  गाउँपालिकाको शिक्षा कार्यविधि अनुसार वर्ष बिदा जेठ ८ गतेबाट विद्यालयमा बर्षे बिदा पर्ने भएकाले अहिले पनि विद्यालयका ठूला कक्षाका छात्रछात्रा पनि जडिबुडि संकलनका लागि अभिभावकसँगै जाने गरिन्छ । प्रारम्भिक बालविकासका बालबालिकाका लागि मात्र  विद्यालय पठनपाठन भइरहेको पनि अध्यक्ष लामाले बताउनुभयो ।

यहाँका स्थानीयको प्रमुख आम्दानीको स्रोत नै याचाँगुम्बा हो । कार्मारोङ गाउँपालिकाको सानोकोईकि, ठूलो कोईकी, रिमार ,चाकु, लाहुटाङ, चेन्नु, गेमन पटान, केले लेके, छुन्दु, टेङडिङ, थामजाम सामुदायिक वनक्षेत्रमा यार्चागुम्बा संकलन   गर्न अनुमति दिइएको छ । स्थानीय गुरु स्ग्याप लामा  भन्नुहुन्छ, “याचाँ सडक निर्माण गर्ने एक सिजनमा एक जनाले कम्तीमा पनि एकदेखि दुई लाख रुपैयाँसम्म जम्मा गर्न सकिने हुनाले वर्षभरिका लागि आफ्नो आम्दानीको जोहो गर्न विद्यार्थी यार्सा संकलनमा जाने गर्दछन्।”

स्थानीय यार्सा गुम्बा व्यापारी उर्गेन लामाले राम्रोखाले यार्चागुम्बाको मूल्य प्रतिगोटा पाँच सयदेखि सात सय रुपैयाँसम्म पर्ने बताउनुभयो । बुटिक प्रतीक १६ लाखदेखि १९ लाख रुपैयाँसम्म पर्ने जान्छ । मुगु र डोल्पा सामुदायिक वनक्षेत्रबाट हरेक वर्ष १८० केजीसम्म यार्चागुम्बा उत्पादन हुने गरेको लामाले बताउनुभयो ।

गाउँपालिकाको कार्यविधि अनुसार जिल्लाभन्दा बाहिरका व्यक्ति र यार्सा गुम्बा संकलनका लागि दुई हजार पाँच सय रुपैयाँ, जिल्लाभित्रका स्थानीय दुई हजार रुपैयाँ र राजस्व पालिकालाई बुझाउनु पर्छ । पालिकाको रेकर्ड अनुसार यार्सा संकलन लागि यो मौसम मुगु र डोल्पा सामुदायिक वनक्षेत्रमा करिब छ हजार यार्सा  संकलन गर्ने अनुमान गरिएको छ  ।