३६ दिन बित्दा पनि भेटिएन मंगहिती:  अभियन्ता भन्छन्-  तत्काल छानबिन गर 

0
Shares

ललितपुर ।

 सहकालका देवता श्री बुंगद्यः रातो मच्छिन्द्रनाथको रथजात्राको क्रममा धमाको दायाँ साइटको  हितिःमंगको हिटीहराएको एक महिनासम्म भेटिएको छैन । असार ३ गते जावलाखेलमा रथयात्रा हुदैछ । त्यसबेलासम्म भेटिएन भने के गर्ने ? हिटीमंग बिना नै रथयात्रा गर्ने ? कि नयाँ बनाउने बहसको विषय भएको छ । केहीले भने पानेजु र गुरुजुले गरेको निर्णय अनुसार तान्नु उचित हुन्छ । कसैले हराएपछि तत्काल बनाउने व्यवस्था गर्नुपर्छ । 

 सम्पदा संरक्षण महाअभियानका अभियन्ता रवि शाक्यले पानेजु र गुरुजुले गरेको निर्णय अनुसार तान्त्र विद्याद्वारा तान्ने व्यवस्था गर्न उचित हुने बताउनुभयो । हिटीमंगपनि भेटाउछौं, चोरेर लैजानेलाई पनि पक्राउ गर्छौं पुरात्व विभाग र जिल्ला प्रहरी परिसरले सम्बन्धित निकायमा पत्राचार गरी खोजी कार्यलाई तीव्रता दिनुपर्छ’–अभियन्ता शाक्यले भन्नुभयो ।  उहाँ लगायत सम्पदा अभियन्ता सुनिल प्रजापति, रवीन्द्र महर्जन लगायतको टोली दिनभर खोजी जारी राखेका छन् । 

 अभियन्ता प्रजापतिले भन्नुभयो–हामी दैनिक खोजी कार्यमा व्यस्त छौँ  । प्रहरीकहाँ  पुगेका छौँ , प्रधानमन्त्री कार्यालयदेखि सांसदलाई समेत दबाब दिएका छौँ   । तर खासै प्रगति हुन सकेको छैन । हुन त भनेटाएसम्म जति काम गरेपनि प्रगतिसुन्य हुने गरेको छौँ । हामी निरन्तर खोजी जारी राखेका छौ । हिती बैशाख ८ मा हराएको अनुमान छ ।  हितीमंग नभेटाएपछि ललितपुर प्रहरीको टाउको दुखाई भएको छ । प्रहरीले गुठीसंस्थान ललितपुरका प्रमुख लक्षुणा काफ्ले, रथ निर्माण गर्ने(यँवा) भोला महर्जन, स्टोरकिपर दीपक खवास लगायतसंग बयान लिएको छ । अभियन्ताले कार्यालयका जिम्मेवार व्यक्तिसंग सोधपुछ जारी राख्नुपर्ने बताएका छन् । 

 अभियन्ता शाक्य भन्नुहुन्छ–मंग हिती नभेटाएसम्म खोज्न थाकाइमार्ने छैनौँ   । प्रधानमन्त्रीदेखि , संस्कृति मन्त्रालय, ज्यापु समाज, प्रहरी कार्यालय, गुठी संस्थान लगायतलाई दैनिक दबाब दिनेछौं  । मंगहिटी नभेटाएपनि चोरी गर्ने चोरलाई पक्राउ गर्नेछौ ।  अभियन्ता रवीन्द्र महर्जनले हितीमंग चोरी भएपति हालसम्म गरेको विवरण सामाजिक सञ्जालमा यसरी पोष्ट गर्नुभएको छ । उहाँले हालसम्म गर्नुपर्ने र नगरेको कामलाई बुदागत रुपमा लेख्नुभएको छ । ६ बुँदामा हालसम्मको अवस्था र ५ बुदामा हुननसकेको कामको विवरण पोष्ट गर्नुभएको छ । श्री बुंगद्यःको रथको धाःमाको दायाँबायाँ राखिने हितिमंगः हराएको बारे सम्पदा प्रेमी÷ अभियन्ताहरुले सामाजिक सन्जालमा फोटो भिडियो पोष्ट गरिएको, यल नेवाः समाज , ज्यापु समाज लगायत विभिन्न जातीय पुचः एबम संघ संस्थाहरुले हराएको हितिमंगः खोजी गर्न जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रहरी परिसर ललितपुर, गुठी संस्थान केन्द्रीय  प्रशासक ( सहसचिव, भूमि सुधार मन्त्रालय) लगायत निकायलाई ध्यानाकर्षण पत्र बुझाएको ,  प्रहरी प्रशासनबाट गुठी संस्थान ललितपुरका कर्मचारी लगायत विभिन्न ब्यक्तिहरुलाई बोलाई सोधपुछ गरेको उल्लेख छ । 

 त्यस्तै प्रतिनिधि सभामा आकश्मिक समय लिएर सांसद गंगालक्ष्मी अवालले  सभामुखको ध्यानाकर्षण गराउंदै यथाशिघ्र आवश्यक कारबाही गर्न माग गरेको , मच्छिन्द्रनाथलाई  रथमा राखी जात्रा गरिनुपर्ने हितिमंगःहराउंदा समेत गुठी संस्थानका कर्मचारीबाट मर्मत गर्न लगिएको भनी ढांटी छलचाम गरिएको र विभिन्न जातीय पुचः÷ समाजमा छलफल बैठक जारी रहेको उल्लेख छ । 

 महर्जनले हालसम्म गर्न नसकेको कामको विषयमा लेख्नुभएको छ गुठी संस्थानले आफ्ना कर्मचारीहरुलाई अहिलेसम्म कुनै बिभागिय सोधपुछ-अनुसन्धान नगरेको, गुठी संस्थान ललितपुरमा हितिमंगः हराउनुभन्दा अगाडीदेखि कार्यरत सम्पूर्ण कर्मचारिहरुलाई निलम्बन – सरुवा गरी  आवश्यक कारबाही प्रकृया अघि नबढाएको, गुठी संस्थानमा केन्द्रीय प्रशासक नियुक्ति गरिएको हप्ता दिन भइसक्दा समेत कुनै बिभागीय छानबिन समिती बनाई आवश्यक छानबिन नगरेको, हितिमंगः लगायत गुठीसंस्थानमा जात्रा पर्व चलाउन प्रयोग गरिने बहुमूल्य गरगहना र सामाग्रीहरुको भण्डारण गरिएको भण्डार भवन र स्थानमा आवश्यक संख्यामा  सिसिक्यामेरा जडान गरी प्रहरीको सुरक्षा व्यवस्था नगरिएको,  हितिमंगः हराएको स्थानमा सिल गरी सुरक्षित नबनाएको उल्लेख छ । 

  अभियन्ता महर्जनले लेख्नुभएको  छ – माथी उल्लेखित कार्यहरु यथाशिघ्र गरी हराएको उक्त हितिमंगःको खोजी कार्य तीव्र बनाई दोशीलाई कानुन बमोजिम कडाभन्दा कडा कारबाही गर्नुहुन सम्पूर्ण निकायलाई अनुरोध गर्दै ध्यानाकर्षण गराइन्छ ।

‘बैशाख ५ गते राथारोहण भएको थियो । त्यसको तीनदिनपछि ८ गते रथ तान्ने क्रममा खोजिनिती भयो खोजबिन गर्दा भेटिएन । त्यहीबेला हराएको पत्ता लाग्यो ।  गुठी संस्थान ललितपुरका प्रमुख लक्षुणा काफ्लेले भन्नुभयो ।  

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले बैशाख २४ गते परिसरमा धमाको दायातर्फ राख्ने हितीमंग हराएको भन्दै पत्र आएको थियो, लगत्तै खोजी कार्यमा तीव्रता दिएका छौँ  । उहाँले हिजोपनि यस विषयमा लगातार सोधपुछ गरिरहेको जानकारी दिनुभयो । भन्नुभयो–हामीले सबै दृष्टीकोणबाट अनुसन्धान गरेका छौ, सरोकारवालासंग लगातार छलफल गरिरहेका छौ । 

हिती हराएलगत्तै सम्पदा संरक्षण महाअभियानका अभियन्ता रवि शाक्य(टमएण्डजेरी) ,सुनिल प्रजापति, रवीन्द्र महर्जन , सञ्जय बज्राचार्य  शुसिल श्रेष्ठ र विश्वराम नेपाल लगायतले दैनिकजसो दबाब दिइरहनुभएको छ । ‘बिसं १९९६ सालमा श्री ३ महाराज जुद्ध सम्सेर जङ्ग बहादुर राणाका पालामा मछिन्द्रनाथको रथजात्रामा बाङ्गो काठमा दायाँ र बाया रहने तामाको पातामा ठाउँ ठाउँमा बुट्टा काटि सुनको मोलम्बा गरिएको २ वटा बनाई चढाई बक्सेको कुरा हराएको हितीको भित्री भागमा लेखिएको छ ।