उदयपुर ।
दक्षिण एसियाकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगका मजदुरहरु १४ महिनादेखि तलब नपाएको भन्दै तलब भत्ताको माग राख्दै शुक्रबार उद्योगको गेटमा पत्रकार सम्मेलन गरेका छन् ।
२०४४ सालमा स्थापना भएर २०४९ सालदेखि गैडाछाप सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योगले सिमेनट उत्पादनकालागि आवश्यक पर्ने कोइला खरिद गर्न नसक्दा उत्पादन बन्द अवस्थामा रहेको छ । यहाँ कार्यरत करिब २ सय ५० मजदुरहरुले २०८१ फागुन महिनादेखि नै तलब खान नपाएको, अवकाश प्राप्त १ सय ४० जनाले अवकाशपछि नियमानुसार पाउने सेवा सुविधा, विमा, स्वास्थ्य उपचार नागरिक लगानी कोषको रकम पाएका छैनन् ।

शुक्रबार उद्योगको मुलगेटमा आयोजित पत्रकार सम्मेलनमा मजदुरहरुले सरकार र उद्योगको व्यवस्थापनसँग रोकिएको तलब भत्ता समयमा उपलब्ध गराउन,माग गरेका छन् । उद्योगका सम्पुर्ण मजदुर संघर्ष समितिका संयोजक देव नारायण झाले १४ महिनादेखि तलब खान नपाएको ३५ महिनाको नागरिक लगानी कोष, ४५ महिनाको संचयकोषको रकम खातामा जम्मा नभएकोले बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताए ।
पत्रकारहरुलाई वितरण गरिएको प्रेसनोटमा ३ वर्षको बीमा बापतको रकम उपलब्ध नगराएको, २०७८ सालदेखि अवका पाएका १ सय ३९ जना कर्मचारीहरुको सेवा सुविधा बापतको रकम उपलब्ध नगराएको, आर्थिक अभावका कारण उपचार नपाई ८ जना अवकाश प्राप्त कर्मचारीहरुको देहावसान भएको उल्लेख गरिएको छ ।
उद्योगमा कार्यरत मजदुरहरुले तलब नपाउँदा दैनिक जीवन यापनमा समस्या भएको, सुरक्षा गार्८ तथा दैनिक ज्यालादारीमा कार्यरत मजदुरहरुले समेत नियमानुसार पाउनु पर्ने रकम नपाएको जनाउँदै यस विषयमा मन्त्रालयमा गएर पटक पटक नै ध्यानाकर्षण गराउँदा पनि हालसम्म कुनै सुनुवाइ नभएको जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।

,











प्रतिक्रिया