काठमाडौँ।
कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरीको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा ७ जना जवान बेहोस भएका छन् । उनीहरू जवान आधारभूत तालिमको क्रममा बेहोस भएका हुन् ।
बेहोस भएका मध्ये ६ जनालाई नेपाली सेनाको स्काइ ट्रकमार्फत काठमाडौं ल्याइएको छ । उनीहरूको काठमाडौंस्थित विशेषज्ञ अस्पतालमा उपचार भइरहेको बताइएको छ । अन्य एक जनाको भने टिकापुर अस्पतालमा उपचार भैरहेको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको तथा सुरक्षा निकायले अवस्थाबारे निगरानी गरिरहेको जनाएको छ ।











प्रतिक्रिया