दोलखा।
यो बर्ष (सन् २०२६) को वसन्त ऋतुमा चिनियाँ नागरिक सि जुन्जी सगरमाथा र ल्होत्से हिमाल आरोहण गर्ने पहिलो आरोही बनेका छन् । ३५ बर्षिय सि ले बैशाख ३१ गते विहान ८ बजेर ५६ मिनेट जाँदा विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर उँचाइ) को सफल आरोहण गरेको हिमालय माउण्टेरियङ एक्सपिडिसनका सञ्चालक उत्सव पाठकले जानकारी दिए ।
सिसंगै नौ पटक सगरमाथाको सफल आरोहण गरिसकेका दोलखाका पथप्रर्दशक निमादार्जे तमाङ र सोलुखुम्बुका दावानुरु राई शेर्पाले बैशाख ३१ गते विहान ११ बजेर २५ मिनेट जाँदा सगरमाथाको सफल आरोहण गरेका थिए ।

हिमालय माउण्टेरियङ एक्सपिडिसनबाट आरोहणको लागि गएको यो टोलीले एकसातको अवधिमा ल्होत्से (८,५१६ मिटर) हिमालको समेत सफल आरोहण गरेको छ । यो वर्षको पहिलो सगरमाथा र ल्होत्से हिमाल आरोही बनेका सि जुन्जी यो सफलताले आफूलाई निक्कै खुशी बनाएको बताउँछन् । आफू चीनको गन्नान प्रान्तबाट सगरमाथाको सफल आरोहण गर्ने पहिलो आरोही बनेकोले यो सफलताबाट आफ़ू झन बढी खुशी र उत्साहित रहेको सिले बताए ।
सि चीनको गन्नान राज्य पार्टीको विभाग हुदै हाल चीनको राष्ट्रिय केन्द्रीय उद्यम विभागको अधिकारीका रुपमा कार्यरत रहेका छन् ।

नेपाली पथ प्रर्दशक निमादार्जे र दावानुरुको साथ सहयोगबाट सगरमाथा र ल्होत्से हिमाल आरोहण गर्ने निक्कै कठिन काम सहजै सकिएको सिको भनाई छ । यो सफलतामा निमादार्जे र दावानुरुको योगदान महत्त्वपूर्ण छ– सिले भने ।
अधिकांश आरोहीहरु सगरमाथाको आरोहण पछि चौथो बेसक्याम्पमा झर्ने गर्छन् । सिको टोली भने चौथो बेसक्याम्प झरेको दोस्रो दिननै दोस्रो बेसक्याम्प पुगेर ल्होत्से हिमाल आरोहणको लागि गएको थियो ।

उनीहरुले सगरमाथा आरोहणको एक हप्ता भित्रै पहिलो प्रयासमै ल्होत्से हिमालको समेत सफल आरोहण गर्न सकेका थिए ।
सि को टोलीमा रहेका नेपाली पथप्रर्दशक मध्य दोलखाका निङ्मादोर्जे तमाङ पाकिस्तानको केटु हिमालसहित आठ हजार माथिका पाँच वटा हिमाल ४५ दिन भित्र आरोहण गरेर रेकर्ड बनाएका आरोही हुन् । सगरमाथाको नौ पटक सफल आरोहण गरिसकेका तमाङले आठ हजार माथिका हिमालहरु समेत २६ पटक सफल आरोहण गरिसकेका छन् ।

यो सिजनमा ५५ देशका ४९४ जनाले सगरमाथाको आरोहण गर्ने अनुमति लिएकोमा सबैभन्दा बढी १०० जना चिनियाँ नागरिकले आरोहण अनुमति लिएको पर्यटन विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।











प्रतिक्रिया