त्रियुगा नगरपालिकाको कुल बेरुजु ६३ करोडभन्दा बढी

0
Shares

उदयपुर ।

उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाको आर्थिक वर्ष २०८०।०८१ सम्मको बेरुजु ६३ करोड ९१ लाख ११ हजार ६०५ रुपैया रहेको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ ।


महालेखा परिक्षकको कार्यालयले सो आर्थिक वर्षको महालेखा परिक्षणगर्दा उक्त बेरुजु देखाएको र बेरुजु फछ्र्यौटकालागि सुझाव पनि दिएको भए पनि फछ्र्याैट हुन बाँकी रहेको छ । नगरपालिकाको ३ अरब ४३ करोड ६ लाख ३५ हजारको लेखापरिक्षण गरिएकोमा प्रारम्भिक लेखापरण प्रतिवेदनमा १३ करोड १५ लाख ४७ हजार बेरुजू देिखएको छ ।

लेखापरिक्षणको प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ८४ लाख ५६ हजार बेरुजु तयाबाट फछ्यौट भई १२ करोड ३० लाख ९१ हजार बाँकी रहेको छ । उक्त बेरुजु मध्ये असुल गर्नुपर्ने १६ लाख २१ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ५ करोड ८० लाख ३४ हजार, नियमित गर्नुपर्ने ५ करोड ९८ लाख ६९ हजार र पेश्की बाँंकी ३५ लाख ६७ हजार रहेको छ ।

गत वर्षसम्म ५२ करोड ४५ लाख २२ हजार बेरुज बाँकी रहेकोमा ८५ लाख १ हजार ५१७ फछ्यौट भएर ५१ करोड ६०लाख २० हजार ४६७ बाँकी रहेकोमा आ.ब २०८० । ०८१मा १२ करोड ३० लाख ९१ हजार १४२ थपिएर हालसम्मको आवधिक बेरुजु ६३ करोड ९१ लाख ११ हजार रहेको छ महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।