काठमाडौं ।
क्रिस्टियानो रोनाल्डोले अल नासरबाट साउदी प्रो लिगको उपाधि जितेका छन् । अल नासरले दमाकलाई ४-१ ले पराजित गरी ८६ अंकसहित उपाधि हात पारेको हो । सन् २०२३ को सुरुमै इंग्लिस क्लब म्यानचेस्६र युनाइटेड छाडेर साउदी लिगका अल नासरसँग अनुबन्ध भएका रोनाल्डोले लिग उपाधि जित्न भने तीन वर्ष कुर्नुपर्यो ।
जितपछि अल नासरले ३४ खेलबाट ८६ अंक जोड्दै दोस्रो स्थानको अल हिलालाई २ अंकले पछि पारेको हो । अल हिलाले अल पेइहालाई १-० ले पराजित गरेपनि उपाधिका लागि पर्याप्त भएन । अल नासरका लागि रोजाल्डोले ६३औं र ८१औं मिनेटमा गोल गरे । त्यसअघि साडियो मानेले ३२औं मिनेटमा गोल गर्दै अल नासरलाई अग्रता दिलाए भने किङ्ग्सले कोमनले ५२औं मिनेटमा अग्रता दोब्बर पारेका थिए ।
दमाकका लागि मोरलाया सिलाले ५८औं मिनेटमा पेनाल्टीबाट एक गोल फर्काएका थिए । ४१ वर्षीय स्टार रोनाल्डोले साउदी अरबमा तीन सिजन बिताउँदा अल नासरका लागि १ सय भन्दा बढी गोल गरिसकेका छन् । रोनाल्डोले यसअघि युरोपमा इंग्ल्यान्ड, स्पेन, इटालीमा घरेलु लिग उपाधि जितिसकेका छन् ।











प्रतिक्रिया