बकर ईदको अवसरमा जेठ १४ गते सार्वजनिक बिदा


काठमाडौँ । सरकारले बकर ईद (ईद–उल–अज्हा) को अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै उक्त दिन देशभर सार्वजनिक बिदा रहने जानकारी दिएका हुन्।