छायानाथ रारा नगर क्षेत्रमा  विद्यालय आइतबार पनि सञ्चालनमा


वीरबहादुर बम ,मुगु।

छायानाथ रारा नगरपालिकाले विद्यालयको पठनपाठन प्रभावित हुने भन्दै नगर क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन हुने जनाएको छ।

नगर कार्यपालिकाको कार्यालयले शुक्रवार सूचना जारी गर्दै नेपाल सरकारको निर्णयअनुसार सरकारी कार्यालयमा शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिदै आएको भए पनि विद्यालयमा भने बिद्यार्थीको पढाईमा प्रभावित पुग्ने कुरालाई मध्यनजर गर्दै नगरकार्यपालिकाले शनिवार बाहेक आईतबार विद्यालय खोल्ने निर्णय गरेपछि  आईतबारका दिनमा पनि विद्यालय खुल्ने निर्णय भएको छायाँनाथरारा नगरपालिका मुगुका गरप्रमुख बिष्णु कुमार भामले जानकारी दिए।

नगरपालिकाको निर्णयअनुसार अब विद्यालयमा शनिवार मात्रै सार्वजनिक बिदा हुनेछ भने आइतबार नियमित रूपमा पठनपाठन सञ्चालन गरिदै आयको छ ।

विद्यालयको शैक्षिक गतिविधि र पढाइ प्रभावित हुन नदिन यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ। साथै सबै विद्यालयलाई सोहीअनुसार पठनपाठन सञ्चालन गर्न अनुरोध गरिएको छ।