माधव पोखरेल,उदयपुर।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ११ संगमटोलमा बिहीबार बिहान खुकुरी प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छिन् । स्थानीय रबिन्द्र पौडेलको घरको आँगनमा सोही ठाउँ बस्ने २९ र्विर्षया सुमा राईमाथि उनकै मामा नाता पर्ने ४३ वर्षीय विनोद राईले खुकुरी प्रहार गरेका हुन्।
बिहान करिब १०ः३० बजे भएको उक्त घटनाको जानकारी पाउना साथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक विष्णु बहादुर खड्काको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेकी सुमा राईको अवस्था गम्भीर रहेको चिकित्सकले जानकारी दिएका छन् । उनलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार गराई थप उपचारका लागि ११ः५० बजे न्युरो अस्पताल विराटनगर रिफर गरिएको छ ।
आक्रमण गर्ने विनोद राईलाई तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ भने विनोदले सुमा राईलाई के कारणले खुकुरी प्रहार गरेर घाइते बनाएको हो सो भने अनुसन्धान पश्चातमात्र खुल्ने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया