भारतीय गृहमन्त्री साहले पशुपतिमा चढाए ४० किलो चन्दन


काठमाडौँ।

भारतीय गृहमन्त्री अमित शाहले पशुपतिनाथमा ४० किलो चन्दन चढाएका छन्।

पूर्व नीजि सहायकसमेत रहेका हालका कांग्रेसका सांसद सन्दिप रानामार्फत साहले बिहीबार गुठी संस्थान पशुपति गोश्वरा कार्यालयलाई चन्दन हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा पशुपतिनाथका मुल भट्ट गणेश भट्ट पनि उपस्थित थिए।

पशुपतिनाथको पुजारी कर्नाटकका ब्राह्मण हुने गरेका छन्। चन्दन पनि त्यहीँ क्षेत्रमा उत्पादन हुने गर्छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।