रोल्पा ।
रोल्पाको परिवर्तन गाउँपालिका–३ बाघमारा क्षेत्रमा सडक मर्मतका क्रममा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ ।
यही जेठ ४ गते सडक मर्मतको क्रममा उक्त शङ्कास्पद वस्तु फेला परेको थियो । त्यसपछि नेपाली सेनाको सूर्यदल गणबाट खटिएको बम डिस्पोजल टोलीले जेठ ५ गते घटनास्थल पुगेर आवश्यक सुरक्षा सतर्कता अपनाउँदै वस्तुलाई सुरक्षित रूपमा डिस्पोज गरेको जनाएको छ ।
स्थानीयवासीको सुरक्षालाई ध्यानमा राख्दै सेनाले घटनास्थल वरपर सुरक्षा घेरा कायम गरी डिस्पोज कार्य सम्पन्न गरेको थियो । घटनापछि सो क्षेत्रको अवस्था सामान्य रहेको बताइएको छ ।












प्रतिक्रिया