काठमाडौँ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठककको आकस्मिक, शून्य तथा विशेष समयमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।
मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता संवैधानिक अधिकार भएकाले त्यसलाई सरकार वा कसैले पनि चाहेर हनन गर्न नसक्ने तर्क समेत गरे । उनले प्रेस स्वतन्त्रतासँगै जवाफदेहीता पनि हुने भएकाले पत्रकारहरुले सो कुरालाई मनन गरेर अघि बढ्न आवश्यक रहेको पनि बताए ।
मन्त्री तिमिल्सिनाले पत्रकारहरुले संवैधानिक अधिकार, आफ्नो गरिमा र सीमाभित्र रहेर काम गर्नुपर्ने पनि बताए ।
उनले भने,‘प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ । यो सरकारको एउटा व्यक्तिले होइन । यो संविधानले दिएको अधिकार हो । यो अधिकार सुरक्षित छ । आज, भोली र पर्सी कसैले पनि यो अधिकार हनन गर्न सक्दैन । तर सँगै बुझनुपर्ने कुरा के पनि हो भने प्रेस स्वतन्त्रता भनेको स्वछन्दता होइन । प्रेस स्वतन्त्रतासँगै जवाफदेहिता पनि आउँछ । त्यहाँ भित्र पनि डुज र डन्टसहरु हुन्छन । राज्यले, व्यवस्थाले एउटा महत्वपूर्ण अंगको रुपमा, राज्यको अंगको रुपमा स्विकारेको एउटा महत्वपूर्ण क्षेत्रले आफ्नो ओजलाई, आफ्नो गरिमालार्य कायम गर्नेगरी कार्य गर्दा सरकारले चाहेर पनि त्यसको विरुद्धमा केही गर्न नसक्ने व्यवस्थाका बीचमा हामी छौं । ढुक्क भएर पत्रकार मित्रहरुले आफ्नो संवैधानिक अधिकार, कानूनले दिएको अधिकार आफ्नो गरिमा र सीमा भित्र रहेर गर्नका लागि म हार्दिक अनुरोध गर्नं चाहन्छु ।’
त्यस अवसरमा मन्त्री तिमिल्सिनाले सरकार सांसदहरुले दिएको सुझावलाई केन्द्र भागमा राखेर अघि बढने प्रतिवद्धता समेत व्यक्त गरे ।











प्रतिक्रिया