काठमाडौं ।
काठमाडौंको बबरमहलमा उपभोक्ता अधिकारवादीहरूले खानेपानीमा लगाइएको कर र विद्युत महसुल छुटको माग गर्दै प्रदर्शन गरेका छन्। खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)को आयोजनामा भएको प्रदर्शनमार्फत सरकारलाई ध्यानाकर्षण गराइएको हो।
प्रदर्शनकारीहरूले सन् २०३० भित्र सबैलाई खानेपानी सुनिश्चित गर्न, साना खानेपानी आयोजनाहरूलाई एकीकृत गरी बृहत आयोजना सञ्चालन गर्न, उपभोक्ताको अधिकार संरक्षण गर्न तथा खोला, कुला र पोखरीको संरक्षण र वृक्षारोपणमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन्।











प्रतिक्रिया